Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – सत्ता साझेदार दल नेपाली काँग्रेसले आइतबारभित्र मन्त्रीको सूची प्रधानमन्त्री प्रचण्डलाई बुझाउने भएको छ । पार्टीभित्रको भागबण्डा नमिल्दा रोकिएको मन्त्री छनोटलाई सहमतिका आधारमा अन्तिम रूप दिई शनिवारसम्म बुझाउन सभापति शेरबहादुर देउवाले आन्तरिक गृहकार्य तीव्र पार्नुभएको हो । Nepali-congress-750

काँग्रेसले शक्तिशाली भातृ संगठन नेविसंघ अधिवेशनलाई कारण देखाएर मन्त्री छनोट हुन नसकेको बताउँदै आएको छ । नेविसंघमा निर्वाचनबाट नयाँ नेतृत्व छनोट सुरु गरिसकेकाले सभापति देउवाले मन्त्रीहरूको सूची बनाउन लाग्नुभएको आजको राजधानी दैनिकमा खबर छ । स्रोतका अनुसार कसलाई कुन मन्त्रालय दिन पनि देउवा मानसिक रूपमा तयार भइसक्नुभएको छ । मन्त्री छनोटको सूचीमा परेकाले उहाँले फोन गरेर सङ्केत दिएको उनी निकट एक नेताले बताउनुभयो । स्रोतका अनुसार पौडेल पक्षलाई चारदेखि पाँच मन्त्री दिने निष्कर्षमा देउवा पुग्नुभएको छ ।

पौडेल पक्षले कम्तीमा ५ मन्त्री पाउनुपर्ने माग राख्दै आएको छ । पौडेल पक्षबाट पठाइने नाम पनि लभगभ तयार भइसकेको छ । पौडेल पक्षबाट कोषाध्यक्ष सीतादेवि यादव, डा. शेखर कोइराला मन्त्री बनेर जाने निश्चित भइसकेको छ । स्रोतका अनुसार गृह नपाएपछि चिढिएका अर्जुननरसिंह केसीलाई शिक्षा मन्त्रालय दिएर फकाउने प्रयास भइरहेको छ । तर, केसी स्वंयले शिक्षा पाए मन्त्री बन्ने संकेत सभापति देउवालाई दिइसकेका छन् । सुरुमा माओवादी केन्द्रको भागमा परेको शिक्षा मन्त्रालय केसीकै कारण काँग्रेसले लिन खोजेको हो । केसीले शिक्षा रोजेका कारण सभापति देउवाले माओवादी मन्त्रीले सपथ ग्रहण गर्नु केहीबेरअघि प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर शिक्षा काँग्रेसलाई राख्न आग्रह गर्नुभएको थियो ।

शिक्षाको ठाउँमा माओवादीले स्वास्थ्य मन्त्रालय पाउने भएको छ । सभापति देउवाले केसीलाई रक्षा मन्त्रालय दिने मानसिकता बनाएको भए पनि उहाँले अस्वीकार गरेका कारण उक्त मन्त्रालयको जिम्मेवारी अब बालकृष्ण खाँणलाई दिने तयारी भइरहेको छ । देउवाले यसको संकेत खाँणलाई दिइसक्नु भएको छ । आफ्ना विश्वासपात्र खाँणलाई पहिलो चरणमै मन्त्री बनाउने उनको चाहना भए पनि पार्टीभित्र विवाद बढेपछि सफल भएको थिएन ।

यसैगरी, देउवाले कर्णालीबाट जीवन शाही, मधेसबाट फरमुल्लाह मन्सुर र जनजातिबाट भीष्म आङदम्बेलाई मन्त्री बनाउने सोच बनाउनुभएको छ । ओखलढुंगाका सांसद रामहरि खतिवडालाई पनि राज्यमन्त्री बनाउने उहाँको योजना छ ।

तपाईको प्रतिक्रिया