Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – नेपालका लागि भारतीय राजदूत रञ्जित रायले छिट्टै नेपाल–भारतवीच द्धिपक्षीय उच्च तहको भ्रमण हुने बताउनुभएको छ । ranjit-rae-555x335

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राजदूत रायले छिट्टै दुई देशका उच्च तहको भ्रमण हुने भन्दै उँहाले भन्नुभयो,‘द्धिपक्षीय उच्च भ्रमण तय गर्नको लागि पनि नेपालका उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि भोलि दिल्ली जाँदै हुनुहुन्छ ।’ मन्त्री निधिको भारत भ्रमणले नै भारतको राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण र नेपालका राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण मिति तय गर्नेमा केन्द्रित रहने प्रस्ट पार्नुभयो ।

भारत नेपालमा स्थायित्व, शान्ति र विकास भएको हेर्न चाहन्छ भन्दै राजदूत रायले थप्नुभयो, ‘हामी नेपालमा विकास भएको हेर्न चाहन्छौँ, त्यसको लागि भारत सधैँ नेपाललाई सहयोग गर्न तयार छ ।’

आगामी दिनमा नेपाल–भारत सम्बन्धलाई राजनीतिक भन्दापनि आर्थिक साझेदारीको रूपमा अघि बढाउनुपर्नेमा उहाँको जोड थियो ।

तपाईको प्रतिक्रिया