Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पहिलो महिनाको तलब धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग गर्नुहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान धुर्मुस–सुन्तलीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले उक्त घोषणा गर्नुभएको हो । prachanda_dhurmus-suntaliभेटमा प्रधानमन्त्रीले भूकम्पपछि आएको मानवीय विपत्तिमा धुमुर्स सुन्तलीको अभियानको प्रशंसा गर्दै भन्नुभयो,‘म तपाईँहरूको अभियानमा सँगै छु । तत्कालका लागि मेरो पहिलो महिनाको व्यक्तिगत तलब तपाईँहरूको फाउण्डेसनलाई सहयोग गर्नेछु ।’

प्रधानमन्त्री दाहालले धुर्मुस–सुन्तलीले निर्माण गरेको एकीकृत नमुना बस्तीलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । प्रधामन्त्रीसँगको भेटमा धुर्मुस सुन्तलीले आफूहरुलाई सरकारलाई दूत नियुक्ति गरे पनि सामाजिक अभियानमा गर्नसक्ने सहयोगका पर्याप्त अधिकार नभएको गुनासो गरे ।

तपाईको प्रतिक्रिया