Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । प्रस्तावित विधान संशोधन पछि मतदान मार्फत १ सय २९ जनाको कार्यसमिति चयन हुनेछ । Gaudel

यसअन्तर्गत नेपालका त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आंगिक तर्फबाट केन्द्रीय सदस्य पदमा शैलेन्द्र शर्मा गौंडेलले उम्मेदवारी दिएका छन् । राम्रो वैचारिक क्षमता भएका उनी त्रिविमै अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नाकोत्तरका विद्यार्थी हुन् । त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तर वृद्धि गर्न, नेपालको शिक्षालाई वैज्ञानिक र व्यवहारमुखी बनाउन र शिक्षामा धनी र गरिब विद्यार्थी बिचको विभेद अन्त्य गर्ने लगायतका महत्वकांक्षी एजेण्डासहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताउँछन् ।

वि.स. २०६१ मा अर्किट साइन्स क्याम्पसमा नेवि संघको इकाइ अध्यक्ष हुँदै आरआर क्याम्पसको उपाध्यक्ष तथा पर्वत–काठमाडौँ सम्पर्क समितिको अध्यक्ष भइसकेका उनी उदाउदो प्रभावशाली युवा नेताका रूपमा परिचित छन् । दोस्रो जनआन्दोलनताका गणतन्त्रको पक्षमा सडकमा मोर्चाबन्द्धी आन्दोलनमा होमिएका गौडेल परिवारका सदस्यहरू पनि काँग्रेसको सक्रिय राजनीतिमा छन् ।

देशभरका आंगिक क्याम्पसबाट आउनुभएका प्रतिनिधि साथीहरूले विवेक पुर्‍याएर मलाई माया गर्नुहुन्छ भन्ने विश्वास छ’, उनले भने ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया