Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

टोकियो – ‘हरेक घरमा धारो होस, हरेक गाउँमा सिचाइ होस्’ भन्ने नारा अगाडि सारेर सुरु भएको पानी अभियानमा हालसम्म ५ लाख भन्दा बढी रकम संकलन भएको छ ।

छोटो समयमै संसार भरीका नेपालीहरुबाट अपार माया सदभाव पाएकाले उक्त कार्य सफ रूपमा अगडी बढिरहेको सुनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव किरण पौडेलले बताउनुभयो । उँहाका अनुसार साउन ३२ गते मंगलबारसम्म सुनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका नाममा ५ लाख १० हजार ५ सय ७६ रुपैयाँ जम्मा भएको छ ।13509073_618380688317082_7891450628369888669_n

फेसबुक स्टाटस मार्फत उक्त जानकारी दिँदै उहाँले भन्नुभएको छ,‘‘हाम्रो संविधानले प्रत्याभूत गरेको ‘स्वास्थ्य सम्बन्धी हक’ अन्तर्गत ‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुककचको हक’ दिलाउनु राज्यको कर्तव्य हुनेछ भन्ने संवैधानिक व्यवस्था भए बमोजिम राज्यले गर्नु पर्ने दायित्व पूरा नगरेर राज्य मौन बसिरहेको छ । सरकारलाई चुनौती दिनका लागि दाङ जिल्ला लक्ष्मिपुर गाविस सुनपुरमा ‘करोड पानी अभियान’ आज भन्दा करिब पाँच महिना पहिले देखी सञ्चालन भएर यस अभियान ‘सुनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति ’ को नामबाट वैधानिक रूपमा आर्थिक संकलन गरिरहेको छ जुन छोटो समयमा यस करोड पानी अभियान मेरो नभएर हामी सबैको साझा बनिसकेको छ ।’

यस अभियानमा दिन प्रति दिन सहयोगी हातहरू थपिदैछन् खासगरी गैर आवासीय नेपालीको भूमिका पनि महत्त्वपूर्ण मानिएको उँहाको भनाइ छ । रकम जम्मा गर्नुहुने सम्पूर्ण सहयोगी दाताज्यूहरुहरु प्रति आभार प्रकट गर्दै पौडेलले आगामी दिनहरूमा सहयोगको अपेक्षा समेत गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया