Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौँ – सरकारको नेतृत्वमा नेकपा माओवादी केन्द्र छ । केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै प्रधानमन्त्री हुनुहुन्छ । Nepali-PM-Resident-Baluwatar

जो कोहीलाई लाग्छ, पार्टीकै नेतृत्वमा सरकार बनेकाले माओवादी केन्द्रका नेता–कार्यकर्ताबाटै सिंहदरवार र बालुवाटारमा भीडभाड बढेको छ, उनीहरू सहजै प्रवेश पाइरहेका छन् । तपाईँले यस्तो सोचिरहनु भएको छ भने पूर्णतः गलत हुनुपर्छ । विभिन्न १० माओवादी घटकबीचको एकतापछि बनेको माओवादी केन्द्रको ३३ सदस्यीय हेडक्वार्टर सदस्यमध्ये मुख्य नेताहरूले नै अहिलेसम्म बालुवाटार र सिंहदरवारमा प्रवेश पाएका छैनन् । आफ्नै पार्टीका मन्त्रीलाई भेटेर सल्लाह/सुझाव दिन त परै जावस, मूल गेटबाटै पस्नसमेत पाएका छैनन् ।

बालुवाटार र सिंहदरवारमा प्रवेश नपाउनेमा सामान्य नेतामात्रै नभएर पूर्वमन्त्री समेत रहेको आजको राजधानी दैनिकमा खबर छ । पूर्व वन मन्त्री मातृकाप्रसाद यादव प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहाललाई भेट्न साउन अन्तिमसाता बालुवाटार गए, त्यो दिन उनी गेटबाट भित्र पस्नसमेत पाएनन् । बालुवाटार र सिंहदरवारमा प्रवेश नपाउनेमा यादवमात्र होइन, एकता प्रक्रियामा पार्टीको नेतृत्व नै गरेर आएका नेता मणि थापा, तिलक परियार, जयपुरी घर्ती तथा प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारको लाइनमा रहेका नेकपा क्रान्तिकारी माओवादीबाट आएका चर्चित नेता कुलबहादुर केसी लगायतले समेत बालुवाटार र सिंहदरवारमा प्रवेश पाएका छैनन् ।

एकता प्रक्रियाबाट जो–जस्तो पनि मान्छे आएको भन्दै सचेत हुन र सुरक्षामा पनि कडा गर्न भनेर नेतृत्वलाई नै सुझाव दिएको सूचना आएको एक नेताले बताए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया