Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – खाजा र खानका लागि दिइने कुपनमा व्यापक अनियमितता भेटिएपछि संसद सचिवालयले कुपन सिस्टम बन्द गर्ने निर्णय गरेको छ ।

समितिको बैठक बस्दा एक जना नेताको पछाडि दर्जनौं सुरक्षाकर्मी, सहयोगी र ड्राइभरलाई पनि कुपन दिनुपर्ने, कर्मचारीलाई छुट्टै खाना र खान खाने गरेको तथा कुपनको व्यापक दुरुपयोग हुने गरेको भन्दै कुपन सिस्टम बन्द गर्नुपरेको सभामुख ओनसरी घर्तिमगरको सचिवालयले जनाएको आजको अन्नपूर्णमा खबर छ । सभामुख घर्तीले आर्थिक मितव्ययिता अपनाउन आफूले यस्तो निर्णय गरेको विभिन्न दलका सचेतकहरुसँगको छलफलमा बताउनुभएको छ ।

संसद सचिवालयका एक कर्मचारीले एक दिनमा तीनहजार पाँचसय सम्म कुपन बाँडिएको र कुपनमा ठुलो रकम खर्च भइरहेको बताउनुभयो । सचिवलायले सांसदलाई खाजा र खानाबापत नगद निदे निर्णय गरे पनि संसदका कर्मचारी पाइरहेको भन्दा निकै कम छ ।संसदका सबै तहका कर्मचारीको दैनिक ६ सय रुपैयाँ खाजा खर्च पाएँछन् । तर सांसदले भनेसमिति बैठक बसेमा चार सयमात्र पाउनेछन् ।

बिहान बैठक बसे सांसदलाई चार सय र साँझ ७ बजेपछि बैठक बसे थप चार सय रुपैयाँ खाना र खाजा खर्चबापत दिने निर्णय भएको हो ।

तपाईको प्रतिक्रिया