Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – सवारी दुर्घटनामा औसत दैनिक करिब ६ जनाको मृत्यु हुने गरेको छ। गत आर्थिक वर्षमा दुई हजार ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको प्रहरीको तथ्यांक छ।
प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार १ साउन ०७२ देखि ३१ असार ०७३ सम्ममा देशभर १० हजार १३ दुर्घटना भएकोमा चार हजार ८ सय ८२ जना गम्भीर घाइते तथा आठ हजार दुई सय २६ सामान्य घाइते भएका छन्। आर्थिक वर्ष ०७१/७२ मा पनि दुई हजार दुईजनाले सडक दुर्घटनामा ज्यान गुमाएका थिए। गत वर्ष मध्यमाञ्चल क्षेत्रमा दुर्घटनामा सबैभन्दा धेरैको ज्यान गएको छ। मध्यमाञ्चलमा ६ सय ९१, पश्चिमाञ्चलमा पाँ सय २०, पूर्वाञ्चलमा चार सय ४६, मध्यपश्चिममा दुई सय २८ तथा सुदूरपश्चिममा एक सय २१ जनाको मृत्यु भएको छ। उपत्यकामा मात्र एक सय ६६ जनाको मृत्यु भएको तथ्यांक छ।
प्रहरीका अनुसार गत वर्ष १० हजार १३ दुर्घटना भएका छन्। ६ हजार तीन सय ६५ मोटरसाइकल, चार हजार पाँच सय २८ कार, जीप र भ्यान, एक हजार ९ सय ७० बस, एक हजार ९ सय २१ टङक, ट्यांकर, ६ सय ९० ट्याक्टर, दुई सय टेम्पो दुर्घटनामा परेका हुन् । नयाँ पत्रिका दैनिकमा समाचार छ।

तपाईको प्रतिक्रिया