Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – नेपाल प्रहरीले सम्पत्ति शुद्धीकरण आशंकामा व्यापारी पवन संघाईमाथि छानविन थालेको छ। औषधि बनाउन प्रयोग गरिने प्रिकर्सर ‘स्युडोइफ्रिडिन’ तस्करी अभियोग लागेपछि फरार रहेका संघाईमाथि गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी शुद्धीकरण गर्न खोजेको अभियोगमा छानविन थालेको हो।
प्रहरीका अनुसार उनीमाथि प्रारम्भिक अनुसन्धान भइरहेको र दोषी पाइए थप कारबाही प्रक्रियाका लागि सम्पत्ति शुद्धीकरण विभागमा पठाउने तयारी भइरहेको छ। व्यापारिक घराना संघाई ग्रुपका अध्यक्षसमेत रहेका पवन संघाईलाई पक्राउ गर्न नसकेपछि प्रहरीले उनले लगानी गरेको कम्पनी र त्यसबाट आयआर्जन गरेको सम्पत्तिको वैधतामाथि प्रश्न उठाउँदै अनुसन्धान सुरु गरेको हो।
प्रहरीको लागूऔषध नियन्त्रण व्युरोले ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको संघाईको प्लास्टिक कारखानामा गत १२ साउनमा तस्करीका लागि लुकाएर राखेको ४ सय ७० किलो प्रिकर्सर स्युडोइफ्रिडिन फेला परेको थियो।
प्रहरीले १६ साउनमा उनका दाजु रतनलाल संघाईलाई पक्राउ गरेपछि प्रहरी सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान गर्ने निष्कर्षमा पुगेको हो । राजधानी दैनिकमा समाचार छ।

तपाईको प्रतिक्रिया