Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

sahid

लहान – मधेसकेन्द्रित दलले मधेस आन्दोलनको अवधिमा दुर्घटना र कालगतिले निधन भएकालाई पनि सहिद सूचीमा पार्न सिफारिस गरेको पाइएको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले आइतबार गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको मागसूचीमा सवारी दुर्घटनामा परेका, आत्महत्या गरेकादेखि करेन्ट लागेर ज्यान गुमाएकासम्मको नाम छ।
मोर्चा र गठबन्धनले मधेस र आदिवासी आन्दोलनमा आन्दोलनकारी र सुरक्षाकर्मी गरी ६८ जनाको निधन भएको भन्दै सहिद प्रस्ताव गरेका हुन्। संविधानप्रति असन्तुष्ट दललाई जसरी पनि मनाउने तयारीमा रहेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले मन्त्रालयबाट सूची मन्त्रिपरिषद पुगेपछि सोझै पास गर्ने सम्भावना छ।
सत्तारुढ गठबन्धन र मधेसकेन्द्रीत दलले आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा गरी मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति यसअघि जुटाइसकेका छन्। नागरिक दैनिकमा समाचार छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया