Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौँ – नेपाली काँग्रेसको नर्सरीको रूपमा रहेको नेबिसंघको महाधिवेशन नजिकिदाँ नेतृत्वको आफ्नो कब्जामा पार्ने दौड धुप बढ्न थालेको छ । विगत आठ वर्ष देखि महाधिवेशन हुन नसक्दा नेतृत्वमा जान चाहाने बुबादेखि छोरा पुस्तासम्मका नेताहरू आकाँक्षी देखिएका छन् । 2

विभिन्न गुट र उपगुटका कारण लगभग डेढ दर्जन विद्यार्थी नेताहरू नेतृत्वमा दाबी गरेपनि अन्तिमसम्म ३ जना हुने आंकलन गरिएको छ । सभापतिको आकांक्षीहरुमा इच्छा देखाएर चुनावी मैदानमा होकिए पनि विभिन्न जिल्लाबाट आएका प्रतिनिधिको विषयमा विवाद भने जस्ताको तस्तै छ । एक पक्ष पार्टी कार्यालय सानेपामा विगत हप्तादिनदेखि आमरण अनशनमा छ । यसैबिच आफूलाई कुनै पनि गुट र उपगुटमा नलागेको दाबी गर्ने लक्ष्मण आचार्यले पनि चुनावी मैदानमा उत्रने बताउनुभएको छ ।

२०४४ सालमा बागलुङमा स्कुल पढ्दै गर्दा देखि सङ्घको राजनीतिमा लाग्नुभएका आचार्य स्कुल अध्यक्ष देखि इकाई सदस्य, बाल्मिकी क्याम्पसको स्ववियू उपसभापति, सभापति, संस्कृत विश्वविद्यालयको सदस्य हुँदै नेविसंघ केन्द्रीय सदस्यको जिम्मेवारी पनि सम्हाली सक्नुभएको छ । कुनै पक्षलाई नभई पुरै नेबिसंघलाई बलियो बनाउनका लागि आफू मैदानमा उत्रिएको आर्चायको भनाइ छ ।

सम्पूर्ण विद्यार्थीको हक अधिकारका साथै शैक्षिक विकास र शैक्षिक सुधारमा केन्द्रित रहने आफ्ना प्रतिबद्धता रहेको आचार्यले समुद्रपारिलाई बताउनुभयो । यसैगरी लामो समय आठ वर्षसम्म बिधानतः गरिएको व्यवस्थालाई पदका कारणले वा अन्य कारणले अवरोध गर्ने चरित्र, स्वभाव र प्रवृत्तिको अन्त्य गर्न पनि आफू अग्रसर रहने उँहाको तर्क छ ।

आइतबार देखि राजधानीको भृकुटीमण्डपमा सुरु हुने महाधिवेशनले अध्यक्षसहित १४ उपाध्यक्ष, ३ महामन्त्री, १५ सह–महामन्त्री, एक कोषध्यक्षसहित १ सय ५१ सदस्यीय कार्यसमिती चयन गर्ने छ ।

तपाईको प्रतिक्रिया