Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

online faram

काठमाडौं – निजामती कर्मचारीले सरुवाका लागि काठमाडौँ धाउनु नपर्ने भएको छ ।
सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको सरुवाका लागि अनलाइनबाट फारम भर्ने व्यवस्था गरेपछि कर्मचारीलाई काठमाडौँ धाउनु नपर्ने भएको हो । मन्त्रालयकी सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालले कर्मचारीलाई सजिलो र सरुवालाई व्यवस्थित बनाउन अनलाइनबाट फारम भरी सरुवाको व्यवस्था गरिएको जानकारी गराउनुभयो । उहाँका अनुसार मन्त्रालयले आजबाट नै कर्मचारीलाई सरुवाका लागि अनलाइनबाट फारम भर्ने व्यवस्था गरिएको जानकारी गराउनुभयो । “कर्मचारीलाई सरुवाका लागि आजैबाट अनलाइनमा रहेको फारम भर्ने व्यवस्था गरेका छौँ”– उहाँले भन्नुभयो, “त्यही फारमका आधारमा कर्मचारीलाई सरुवा गरिनेछ ।”
मन्त्रालयले श्रेणीविहीनदेखि राजपत्राङ्कित द्वितीय श्रेणीसम्मका कर्मचारीलाई अन्तरमन्त्रालय र निकाय सरुवाका लागि अनलाइनबाट नै फारम भर्ने व्यवस्था मिलाएको हो । साउन महिनामा निजामती कर्मचारीको मन्त्रालयले सरुवा गर्ने व्यवस्था रहेको छ । “इन्टरनेट पहुँच पुगेका ठाउँका कर्मचारी सरुवाका लागि चिठी दिन अब काठमाडौं आउनु पर्दैन”– प्रवक्ता पोखरेलले भन्नुभयो, “अनलाइनबाट नै फारम भर्ने व्यवस्था मिलाएका छौँ ।” उहाँले अनलाइनबाट फारम नभर्नेलाई भने पहिले जस्तै मन्त्रालयमा आएर फारम भर्नसक्ने समेत जानकारी गराउनुभयो ।
अनलाइनमा रहेको फारम कर्मचारीले कुन मन्त्रालय र निकायमा जाने भनेर छनोट गरेर भर्नेछन् । फारम भरेपछि एसएमएसमार्फत सरुवाको निवेदन दर्ता भएको र दर्ता नम्बर कर्मचारीले पाउने उपसचिव मुकेशकुमार केशरीले जानकारी गराउनुभयो । उहाँको अनुसार फारम भरेपछि कर्मचारीको सरुवाका लागि निश्चिता भए नभएको पनि सफ्टवेयरमार्फत तुरुन्तै जानकारी पाउने छन् ।
सरुवा नहुने भएपछि यो यो कारणले सरुवा हुन नसकेको पनि थाहा पाउने उपसचिव केशरीले बताउनुभयो । उहाँका अनुसार फारम भरिसकेपछि सफ्टवेयरमा तीन रङ किसिमका सम्भाव्य सूचीले सरुवाको जानकारी दिनेछ । हरियो रङले सरुवाको सुनिश्चिता भएको, पहँेलो रङले सम्भावना भएको र रातो रङले सरुवा हुन नसक्ने देखाउने छन् । केशरीले कर्मचारी फलानो ठाउँमा सरुवा भएको पनि एसएमएसमार्फत जानकारी गराइने बताउनुभयो ।
उहाँका अनुसार देशभरिमा प्रत्येक वर्ष तीन हजार पाँच सय कर्मचारी सरुवा हुने गरेका छन् । आज पहिलो दिन १० कर्मचारीले अनलाइनबाट फारम भरेको उपसचिव केशरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया