Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – यातायात व्यवस्था विभागले यही साउन २ गतेदेखि लागू हुनेगरी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन दस्तुर, नयाँ, नवीकरण र प्रतिलिपी शुल्कमा भारी वृद्धि गरेको छ ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाका उपसचिव तेज प्रसाद उप्रेतीले सोमबारदेखि लाइसेन्स लिन लिखित परीक्षाको फारम शुल्क २ सय रुपैयाँबाट बढाएर ५ सय रुपैयाँ बनाएको बताउनुभयो ।

liecence

त्यस्तै दुई पाङ्ग्रे सवारी साधनको लाईसेन्स लिँदा र नवीकरण गर्दा लाग्ने ७ सय रुपैयाँ बढाएर १५ सय रुपैयाँ बनाइएको छ ।कार, जिप, डेलिभरी भ्यानको १ हजार रुपैयाँ बढाएर २ हजार रुपैयाँ लागू गरेको पनि उप्रेतीले बताउनुभयो ।

त्यस्तै मिनीबस, मिनी ट्रकको १५ सय रुपैयाँबाट वृद्धि गर्दै २५ सय रुपैयाँ र ठूला सवारी साधनको लाइसेन्स लिँदा लाग्ने पुरानो शुल्क २ हजार रुपैयाँ बढाएर ३ हजार रुपैयाँ लागू गरेको उप्रेतीले जानकारी दिनुभयो ।

त्यस्तै प्रतिलिपी लाईसेन्स दिँदा लाग्ने १ सय रुपैयाँ पनि बढाएर ५ सय रुपैयाँ बनाएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया