मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दलहरु सत्ताको खेलमा लागेर देशलाई दुर्घटनामा लैजान खोजेको आरोप लगाउनुभएको छ । शनिबार चक्रमान डंगोल स्मृति प्रतिष्ठानले राजधानीमा गरेको कार्यक्रममा उहाँले सत्ताका लागि नभइ व्यवस्थाका लागि दलहरुबीच एकता हुनुपर्ने बताउनुभयो ।

संविधान कार्यान्वयनलाई पन्छाएर दलहरु सत्ताको चलखेलमा लागे मुलुकमा संकट थपिने उहाँको भनाइ थियो । वरिष्ठ नेता पौडेलले सबै दल मिलेर अगाडि बढ्नुको विकल्प नभएको पनि बताउनुभयो ।

कार्यक्रममा समाजसेवी चक्रमान डंगोल स्मृति विशेष पुस्तकको विमोचनसमेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया