Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

fish

काठमाडौँ – तपाईंले आकाशबाट पानी र असिना बर्षा भएको त देख्नुभएको होला । तर, आकाशबाट माछाको बर्षा भयो भनेको सुन्दा चाहि अपत्यारिलो लाग्ला तर भारतको मुम्बई–पुणे हाइवेमा दिउँसै माछाको वर्षा भएको छ ।

सडकमै माछाको वर्षा भएपछि त्यसको फोटो र भिडियो सामाजिक सञ्जालहरुमा भाइरल बनेका छन् । तस्बिर र भिडियोमा मानिसहरु सो सडक–खण्डमा माछा पकड्न ब्यस्त देखिन्छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार केयौँ किलोमिटरसम्म यसरी माछाको वर्षा भएको थियो । यसरी सडकमा देखिएको माछा उठाउनका लागि त्यहाँ लामो जाम लागेको थियो । सडकमा यात्रा गरिरहेका यात्रु तथा गाडीवालले सवारीबाट उत्रिएर माछा टिपेका थिए । मानिसले खिचेको भिडियो र फोटो सामाजिक संजालमा भाइरल भएता पनि यसको स्थानीय प्रशासनले भने पुष्टी गरेको छैन । यो घटना पहिलोपटक भने भएको होइन । विश्वका कैयौँ स्थानमा माछाको वर्षा हुने गरेका अचम्मका घटना छन् ।

तपाईको प्रतिक्रिया