काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वेवसाइट www.ciaa.gov.np ह्याक भएको छ । ट्युनिसियन साइबर रेसिस्टेन्स अल फलागा टिमले अख्तियारको साइटमा आफूहरुले ह्याक गरेको सूचना राखेको थियो ।
जसमा इस्लाम नै मुख्य धर्म हो, बर्मामा मुस्लिमको हत्या बन्द गर भन्ने सन्देश राखिएको थियो । साइटको पुछारमा हत्याका विभत्स तस्बिरहरु स्कोर्ल गरिएको थियो । यसअघि पनि विभिन्न ह्याकर समूहले सरकारी वेवसाइटहरु ह्याक गर्ने गरेका थिए ।