Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

1
काठमाडौँ –२७ कलाकारहरुलाई चलचित्र विकास बोर्डले विशिष्ट चलचित्रकर्मीको सम्मान दिएको छ ।

बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री शेरधन राईले २७ जनालाई विशिष्ट चलचित्रकर्मीको प्रमाणपत्र वितरण गर्नुभएको हो । विशिष्ट चलचित्रकर्मीको सम्मान पाउनेहरुमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल, वसन्त श्रेष्ठ, शम्भुजित बास्कोटा, मिथिला शर्मा बोहोरा, हरिहर शर्मा, रविन्द्र खड्का, प्रदिपकुमार उपाध्याय र शिव श्रेष्ठ रहनुभएको छ । 2

यसैगरी रामचन्द्र अधिकारी, सुभाषप्रसाद गजुरेल, लय प्रसाद संग्रौला, टिका पहारी, मोहन निरौला, कृष्ण मल्ल, शर्मिला मल्ल, मदनदास श्रेष्ठ, राजेन्द्र खड्की र अशोक शर्माले पनि सम्मान पाउनुभएको छ । यस्तै करिश्मा मानन्धर, रमेश बुढाथोकी, हरिबहादुर लामा, युवराज लामा, रुपा राना, गणेश उप्रेती, लक्ष्मी गिरी र छविराज ओझालाई पनि मन्त्री राईले विशिष्ट चलचित्रकर्मीको रूपमा सम्मान गर्नुभएको छ । 3

यसअघि १३ विशिष्ट फिल्मकर्मीहरुलाई बिशिष्टताको पहिचानसहित सम्मान गर्दै चलचित्रकर्मी परिचय पत्र प्रदान गरेसंगै थप २७ फिल्मकर्मीहरुलाई उक्त परिचयपत्र सहित सम्मान गरिएको हो ।

तपाईको प्रतिक्रिया