Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

govinda gकाठमाडौँ – महाराजगंजस्थित चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का प्राध्यापक डा. गोविन्द केसीको घोषित आठौँ आमरण अनशनले चिकित्सा समुदायमा स्पष्ट विभाजन ल्याउन थालेको छ ।

यसअघि चिकित्सा क्षेत्र सुधारका लागि राजनीतिक हस्तक्षेप र भ्रष्टाचार समाप्त गर्नुपर्ने मुख्य मागसहित केसीले अनशन बस्दा उनलाई समर्थन गर्ने प्रमुख व्यक्तिहरू उनको घोषित आगामी अनशनको विरोधमा छन् वा त्यसप्रति उदासिन र मौन । केसीलाई यसअघिका अनशनमा खुलेर सहयोग गरेका आइओएमका केही प्राध्यापक उनीद्वारा घोषित अनशनप्रति मौन बस्न चाहेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

शिक्षण अस्पतालका पूर्वनिर्देशब प्राध्यापक डा. केपी सिंहले अनशनका बेला बिरामीलाई सेवा पाउनबाट वञ्चित गर्नुहुन्न भन्ने पक्षमा केसी रहे पनि अन्ततः बिरामी नै सबैभन्दा बढी मारमा पर्ने गरेको बताउनुभयो ।

आइओएम प्राध्यापक सङ्घका अध्यक्ष डा. मोदनाथ मरहट्ठाले आफू यस विषयमा बोल्दाबोल्दा थाकेकाले यसपालि केही पनि प्रतिक्रिया नदिने जनाउनुभयो ।

तपाईको प्रतिक्रिया