Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

naya shaktiकाठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा वरीयताको विषयमा पार्टीभित्र असन्तुष्टि बढेको छ ।

पार्टीका हालै सम्पन्न सचिवालय बैठकमा तीनजना पार्टी सहसंयोजक चयन भएपछि दोस्रो वरीयताका विषयमा पार्टी्भित्र अन्योलता र असन्तुष्टि चुलिएर गएको आजको राजधानी दैनिकमा खबर छ । नयाँ शक्तिले सह संयोजकहरुमा रामचन्द्र झा, महेश कर्मोचा र दुर्गा सोबलाई चयन गरेको थियो ।

मधेसी कोटाबाट झा, आदिवासी जनजातिबाट कर्मोचा र महिला तथा दलितबाट समानुपातिक हुने गरी सोबलाई चयन गरेको जनाएपनि यो संरचनाले पार्टी विकास नहुने भन्दै सशस्त्र युद्ध लडेर आएका माओवादी नेताहरु भने असन्तुष्ट रहेको स्रोतले बतायो ।

नयाँ शक्तिका नेता पर्शुराम  तामाङले बरियताका क्रममा नसोचिएको भएपनि सहसंयोजक बनाएकाले बरियताक्रम त्यही अनुसार हुनसक्ने बताए । कतिपय नेताले भने पार्टी सहयसंयोजक चयन नयाँ शक्तिकै अन्तरिम विधान विपरित भएको समेत टिप्पणी गरेका छन् ।

तपाईको प्रतिक्रिया