काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले अबदेखि नदीमा आउने सम्भावित बाढी र पहिरोको सूचना मोबाइलमै पठाउने भएको छ ।
पूर्वको कन्काईदेखि पश्चिमको महाकालीसम्मका नदीमा बाढी आउनुअघि विभागले नेपाल टेलिकम र एनसेल मोबाइल प्रयोगकर्तालाई सन्देश पठाउन लागेको आजको कान्तिपुर दैनिकमा खबर छ । विभागका महानिर्देशक डा. ऋषिराम शर्माले यो मनसुनमा अत्याधिक वर्षा हुन सक्ने र धेरै स्थानमा बाढीको खतरा भएकाले सम्भावित क्षति न्यून गर्न मोबाइल सन्देश सुरु गर्न लागिएको बताउनुभयो ।
बाढीबाट हुने सम्भावित दुर्घटनाबाट बच्न र क्षति न्यून गर्न मोबाइल सन्देश प्रभावकारी हुने विभागको अपेक्षा छ । मोबाइल सन्देश सेवाको औपचारिक सुरुवात असार २० गतेबाट गरिनेछ । यो सेवा २४ सै घण्टा हुनेछ । त्यसका लागि नेपाल टेलिकम र एनसेलसँग सम्झौता भइसकेको शर्माले जानकारी दिनुभयो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, आषाढ १६, २०७३
प्रकाशित समय: १०:५६:३२