Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – नेपाल राष्ट्र बैंकका टेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले कृषि क्षेत्रमा लगानी नगर्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गरिने बताउनुभएको छ ।

कृषि कर्जाको आवश्यकता, सम्भावना र चुनौती विषयमा नेपालगन्जमा भएको अन्तरक्रियामा सिवाकोटीले प्राथमिकताका क्षेत्रमा २० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था रहेको बताउनुभएको हो ।

उँहाले कृषि र ऊर्जामा १२ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था भए पनि त्यसअनुसार लगानी हुन नसकेको पनि बताउनुभएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । कृषि क्षेत्रमा लगानी बढाउँदै जाने समेत जानकारी दिनुभयो ।

सिवाकोटीका अनुसार २९ बैंक तथा वित्तीय संस्थाले ७.१ प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी गरेका छन् । उँहाले प्राथमिकता तोकिएको क्षेत्रमा लगानी नगर्ने बैंक तथा वित्तीय संस्थालाई जरिवानासहित कारबाही गर्ने व्यवस्था हुन लागेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया