Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौँ – सरकारले लामो समयपछि भूकम्पबाट प्रभावित १४ जिल्लामा गाविस सचिवका रूपमा काम गर्न ५८ जना अधिकृत खटाएको छ ।

गाविस सचिवको अभावमा पुनर्निर्माण कार्य तीव्र गतिले अघि नबढेको अवस्थालाई मध्यनजर गर्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले एकैपटक ५८ अधिकृतहरु खटाएको हो । अहिले भूकम्प प्रभावित जिल्लाहरूमा गाविस सचिवको अभावमा पुनर्निर्माण र अनुदान सम्झौताको काममा ढिलाइ भइरहेको छ । यस अवस्थालाई मध्यनगर गर्दै लामो गृहकार्यपछि उनीहरूलाई ३ महिनासम्म गाविस सचिव रहेर काम गर्ने गरी कामजमा खटाइएको मन्त्रालयका प्रवक्ता पूर्णचन्दै भट्टराईले जानकारी दिनुभयो ।

गाविस सचिवका लागि लोकसेवा आयोगले लिएको परीक्षाको नतिजा आएलगत्तै ५८ जना अधिकृतहरुलाई फिर्ता गर्ने मन्त्रालयले तयारी गरिरहेको आजको नेपाल समाचार पत्र दैनिकमा खबर छ । भूकम्पबाट प्रभावित जिल्लाका ८२ वटा गाविसहरु सचिव विहीन छन् ।

गाविस सचिवको अभागमा एउटा सचिवले तीनवटासम्म गाविस हेर्नुपर्ने बाध्यता छ । यसो गर्दा पुनर्निर्माण र अनुदान सम्झौतामा असर परेको मन्त्रालयले जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया