काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या अभियोगमा पक्राउ परेका बाबु थापा भन्ने मेघबहादुर सहित ४ जनालाई जिल्ला अदालत ललितपुरले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको छ ।
बाबु थापा भन्ने मेघबहादुरलाई ज्यानसम्बन्धी महलको १३(४) बमोजिम जन्मकैदको फैसला सुनाएको हो । प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले पक्राउ गरेका शिव चौधरी र भगवान थापालाई न्यायाधीश ओमप्रसाद अर्यालको इजलासलेसर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो ।
२०६९ साल जेठ १८ गते सर्वोच्च अदालतका न्यायाधीश बम बंगलामुखि मन्दिरको दर्शन गरि अदालत जाँदै गर्दा मोटरसाइकल आएका पाँच जनाको समुहले गोली हानेर भागेका थिए । गोली लागेको २ घण्टा नबित्दै न्यायाधीश बमको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।