Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारबाट भूकम्पपीडित जनतालाई एकमुष्ट रु दुई लाख दिने प्रतिबद्धता नआए आज पनि व्यवस्थापिका–संसद्को बैठक अवरुद्ध गर्ने भएको छ ।

काँग्रेस संसदीय दलको आज बसेको पूर्ण बैठकले आफ्नो माग सुनुवाइ नभएकाले संसद् अवरोध गर्नुपरेको स्पष्ट पारेको हो । बैठकपछि नेता डा.प्रकाशशरण महतले प्रधानमन्त्रीले संसद्मा बोल्दा माग सम्बोधन गर्ने गरी बोल्नु पर्ने अन्यथा आज पनि संसद् अवरुद्ध गर्ने बताउनुभयो । संसद् बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । मागका बारेमा सहमति भए सभा चल्न दिने बताउँदै उहाँले सरकारसँग वार्ताका लागि सङ्केत आएको समेत जानकारी दिनुभयो ।

काँग्रेसले बैठक अवरुद्ध गरेर अप्रजातान्त्रिक चरित्र देखाएको सत्ता पक्षको आरोप छ भन्ने जिज्ञासामा नेता महतले नेकपा एमालेले प्रतिपक्षमा रहँदा ५६ दिनसम्म संसद् अवरोध गरेको स्मरण गराउनुभयो । काँग्रेसले हिजोका दिनमा आफू नेतृत्वको सरकारले भूकम्पपीडितलाई किस्तबन्दीमा रकम दिने भनेको तर त्यो एक वर्ष्भित्रको समयावधिका लागि मात्र भएकाले हाल ढिला भएकाले तत्काल एकमुष्ट रु दुई लाख दिनुपर्छ भन्ने हाम्रो माग गरेको स्पष्ट पारेको छ ।

नेता महतले तत्कालीन सरकारको कार्यतालिकाअनुसार काम नभएको हुनाले अब त्यो कार्यविधि संशोधन गरेर एकमुष्ट दिने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया