Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौँ – यातायात व्यवस्था कार्यालय एकान्तकुनाको मुख्य भवनको प्रवेशद्वारमा ताल्चा लगाईएको छ । प्रवेशद्वारको सामुन्ने बसेर एक युवक टिफिन बक्समा ल्याएको रोटी र तरहकारी खाँदै थिए ।

बिहीबार राति ९ बजेको दृश्य हो यो । शुक्रबार बिहान कार्यालय खोलेपछि मोटरसाइकलको सवारीचालक अनुमतिपत्रको फारम बुझाउनका लागि टोकन लिन उनले अघिल्लो दिनबाटै पालो कुरिरहनुभएको थियो । तीन दिनदेखि लगातार बिहान ४ बजे आउँदासमेत फारम बुझाउने टोकन नपाएपछि बिहीबार भने अशोकप्रसाद जैसवाल रात त्यहीँ बिताउने गरी यातायात कार्यालय पुग्नुभएको हो । एकैछिनमा उँहासँगै मिसिन आए सिन्धुपाल्चोक बाह्रबिसेका प्रदीप कार्की । लगातार नौ दिनसम्म ४ बजे आउँदासमेत कुपन नपाएपछि उनी पनि रातमा नै टोकन बाँड्ने सुनेर रातभरि बस्न आउनुभएको हो ।

१२ दिनसम्म लगातार आउँदा समेत कुपन नपाएपछि गोपाल झाले पनि रातभरि कुरेर बस्ने बताउनुभयो । एकै छिनका कार्यालयमा बास बस्ने आउनेको संख्या तीन दर्जन भन्दा धेरै भएको थियो । दिउँसो भेटिएका चितवनका सञ्जीव पौडेल मोटरसाइलकल चालक अनुमतिपत्र लिनका लागि फारम बुझाउन यातायात कार्यालाय धाउन थालेको चार दिन भयो तर फारम बुझाउन समेत पाउनुभएन् । तीन चार दिन धाउँदा पनि सावारीचालक अनुमतिपत्रका लागि फारम समेत बुझाउन नपाएका सयौं युवा दिनभरि यातायातमा लाइन बस्दै फर्किदैँ गरेको आजको गोरखापत्र दैनिकमा खबर छ ।

टोकन वितरण गर्नेहरुले लाइनमा बसेका भन्दा पनि आफ्ना चिनजानकालाई प्राथमिकता दिएकाले लाइ बस्नेहरुले सहज रुपमा टोकन नपाएको सेवाग्राहीको गुनासो छ । त्यसमाथि दलालहरुले किनबेच गर्ने भएका कारण पनि लाइनमा बस्नेले भने कुपन नपाएका हुन् । यातायात कार्यालयबाट दैनिक झण्डै तीन सय जानाले नयाँ फारम लिने गरेका छन् ।

झन्डै पाँचस सय जना लाइमा बसेर फर्किनु परिरहेको छ । कार्यालयले बिहान ७ बजेदेखि कुपन बाँड्ने गरेको छ । तर ७ वजे कार्यालयलमा पुग्नेले भने कुपन पाउँदैन ।
शैक्षिक, राजनीतिकलगायतका क्षेत्रमा अनलाइनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया