Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – प्रवासी नेपालीहरूलाई पनि सञ्चय कोषमा आवद्ध गर्ने हजारे अभियानलाई संयुक्त रूपमा अगाडि बढाउनका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) र कर्मचारी सञ्चय कोषबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

शुक्रवार राजधानीको पुल्चोक स्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा संघका अध्यक्ष शेष घले र कोषका प्रमुख प्रशासक कृष्ण प्रसाद आचार्यले उक्त सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेर हजारे अभियानलाई औपचारिक रूपमा अगाडि बढाएका हुन् । उक्त सम्झौता पश्चात् एनआरएनएले आफ्नो सातौँ विश्व सम्मेलनद्वारा पारित गरी कार्यदल नै बनाएरु अगाडि बढाएको हजारे अभियान अब औपचारिक रूपमा कार्यान्वयनको दिशा तर्फ उन्मुख भएको अभियानकर्ताहरुले जनाएका छन् ।

सम्झौतापत्रमा हस्ताक्षर पश्चात् संघका अध्यक्ष घलेले हजारे अभियान एक ऐतिहासिक, दूरदर्शिता र अत्यन्त जरुरी आवश्यकताका साथ अगाडि बढेको अभियान भएकाले संघ र कोषबीच सम्पन्न सम्झौतालाई केवल सम्झौतामा मात्र सीमित नगरी टुंगोमा पुर्‍याउनु पर्ने जिम्मेवारी अब दुवै पक्षको काँधमा थपिएका बताउनुभयो । साथै सङ्घले कोषलाई हरदम साथ दिँदै यस अभियानलाई सँगै लिएर जाने र हजारे अभियानलाई सफल पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै कोषका प्रशासक आचार्यले कोषले अगाडि सारेको वैदेशिक रोजगारीमा संलग्नलाई कोषमा समावेश गराउँदै सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने परिकल्पना अन्तर्गत कर्मचारी सञ्चय कोष अन्तर्गत छुट्टै कोष बनाएर अगाडि बढ्ने सोचलाई एनआरएनएको साथले अझ प्रभावकारी ढंगले अगाडि बढाउन सम्झौता कोषे ढुंगा साबित हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया