भक्तपुर – नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले वर्तमान सरकारले भुकम्प पिडितका नाममा राहत उपलब्ध गराउने भन्दा पनि कार्यकता पोषण गरेको आरोप लगाउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै महतले प्राधिकरणले कुनै काम नगरेको र सरकारले आफ्ना कार्यकर्ता भरण पोषणमा लागेको आरोप लगाउँदै भुकम्प पिडितका सवालमा प्रधानमन्त्रीले जेष्ठसम्म छानो उपलब्ध गराउने भनाई उखान टुक्का र मनोरञ्जनमै सिमित बनेको बताउनुभयो ।
सरकारले जबसम्म भुकम्प पिडितका हकमा जति सक्दो छिटो बासको बन्दोबस्ती गर्ने प्रतिबद्धता संसदमा पेश गर्दैन तवसम्म नेपाली काँग्रेसले संसद अबरुद्ध गर्दै पिडितका पक्षमा उभिने उँहाको भनाइ थियो । महतले प्राधिकरणको बिधानमै अध्यक्ष प्रधानमन्त्री र उपाध्यक्षमा प्रमुख प्रतिपक्ष रहने भएता पनि हाल सम्म कुनै बैठकको आह्रवान नगरेको भन्दै काँग्रेसको बिरोध पश्चात पहिलो बैठकको आह्रवान गरेको बताउनु भयो । प्रचण्डले नेपाली काँग्रेसलाई समर्थन गर्ने जनाएता पनि पछि आएर परिवर्तन भएकै कारण तत्काल सरकार परिवर्तन नभएको भन्दै हाल सम्म नेपाली काँग्रेसँग बहुमत नभएकै कारण वर्तमान सरकार टिकेको बताउनुभयो ।
नेपाली काँग्रेसमा पछिल्लो समय गुट उप गुटको राजनीति मौलाएको बिषय हल्ला मात्र भएको महतले बताउनुभयो ।