काठमाडौँ – भूकम्प पीडितलाई दिने राहात र पुनःनिर्माणका विषयमा आज सरकारले संसदमा जवाफ दिने भएको छ ।
एकमुष्ट दुई लाख दिनुपर्ने सहितका पाँच बुँदे माग राख्दै प्रमुख प्रतिप्रक्षी नेपाली काँग्रेसले व्यवस्थापिका संसद अबरुद्ध पारेपछि सरकारले जवाफ दिन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसले उठाएका मागका विषयमा संसदमा जवाफ दिनुहुनेछ । कानुनमन्त्री अग्नि खरेलका अनुसार काँग्रेसको मागबारे आज जवाफ दिने तर काँग्रेसले लगाएको आरोपमा सत्यता छैन् ।
बैठकमा चित्तबुझ्दो जवाफ नआए आजपनि संसद बैठक अवरुद्ध गर्ने काँग्रेसको तयारी छ । बैठकमा विभिन्न मन्त्रालयगत शीर्षकको विनियोजन विधेयमका विषयमा पनि छलफल हुनेछ ।