काठमाडौँ – चीनमा गएको शक्तिशाली आँधीमा परेर ७८ जनाको मृत्यु भएको छ । झन्डै पाँच सय घाइते भएको र दुई सय जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
पूर्वी चीनको जियाङग्सु प्रान्तमा आँधीका कारण धेरै मानिस प्रभावित भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । जियाङग्यु प्रान्तको याचेंग शहरमा मात्र धेरै घर भत्किएका छन् ।
चीनको धेरैजसो भूभागमा यो हप्ता मुसलधारे वर्षा भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । यस्तै चीनको मध्य क्षेत्रमा बाढी आउँदा २२ जना जनाको मृत्यु हुनुका साथै दुई लाख मानिस विस्थापित भएको समाचार छ । –एजेन्सी