Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौँ – संघीय गठबन्धनको सहिद मञ्चमा जारी रिले अनसनलाई नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ऐक्यबद्धता जनाउनुभएको छ । बिहीबार अनसन स्थल खुलामञ्च पुगी जायज माग पुरा गराउन काँग्रेस प्रतिबद्ध रहेको बताउनुभयो ।

‘तपाईँहरूको जायज माग पुरा गराउन नेपाली कांगे्रस पार्टी पूर्ण तयार छ,’ अनसनको विशेष उपस्थिति पुस्तिकामा पूर्व प्रधानमन्त्री देउवाले लेख्नुभएको छ । गठबन्धनको रिले अनसन असार ९ गते सत्रौं दिन पुगेको छ । शान्तिपूर्ण रिले अनसनप्रति गत जेठ २५ गतेदेखि पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, माधवअधिकारवादी, नागरिक समाजका अगुवाहरू, डाक्टर, प्राध्यापक, शिक्षक, वकिल, पत्रकार, कलाकार, लेखकहरूले ऐक्यबद्धता जनाई सक्नुभएको छ । Rile Ansan-Asar 09 (11)

त्यसैगरी, पेशागत सञ्जाल पापड अन्तर्गतका संस्थाहरू नेपाल प्राध्यापक संघ, नेपाल इन्जिनियर्स एशोशियसन, नेपाल मेडिकल एसोसियसन, नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसियसन, नेपाल शिक्षक महासंघले अनसनस्थल पुगेर ऐक्यबद्धता व्यक्त गरिसकेका छन् । २६ बुँदे माग सहित जेठ २५ गतेदेखि संघीय गठबन्धनले सुरु गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गतको ‘रिले अनसन’ सत्रौं दिन सफलताका साथ सम्पन्न भएको उल्लेख गर्दै गठबन्धनले प्रेस विज्ञप्ति जारी गरेको छ ।

रिले अनसन असारको मसान्तसम्म जारी रहने समेत गठबन्धनले जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया