Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – सरकारले अफगानिस्तान, लिबिया, सिरिया र इराकमा नेपाली कामदार पठाउन रोक लगाएको छ । मन्त्रिपरिषदको बिहीबार अबेर बसेको बैठकले अफगानिस्तान चार मुलुकमा जान प्रतिबन्ध लगाएको हो ।

आन्तरिक द्वन्द्वका र आतंकवादी आक्रमण लगायतको जोखिम भएकाले ती मुलुक जान रोक लगाउने निष्कर्षमा सरकार पुगेको हो । त्यहाँ जानका लागि अब श्रम स्वीकृति दिइने छैन । तीन दिन अघि १३ जना नेपालीको अफगानिस्थानको काबुलमा तालिबानीले गरेको आक्रमणमा परी ज्यान गएको थियो । मन्त्रिपरिषद्ले उक्त घटनामा परि ज्यान गुमाउनेका परिवारलाई १०–१० लाख रुपैया सहयोग गर्ने भएको छ ।

घाइतेको उपचार पनि सरकारले गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकले उक्त घटनालाई कायतापूर्ण भन्दै तीव्र भत्र्सना र निन्दा सहित शोक प्रस्ताव पारित गरेको आजको कान्तिपुर दैनिकमा खबर छ । सरकारले अफगाननिस्तानमा रहेका नेपालीहरू स्वदेश फर्किन चाहे त्यसका लागि सहयोग गर्ने निर्णय पनि गरेको छ । अफगान घटना र कामदारहरूको अवस्था लगायतबारे विस्तृत अध्ययन गर्न श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिइएको मन्त्री राईले जानकारी दिनुभयो ।

लगानी बोर्डमा अधिकारी
यस्तै सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा राष्ट्रबैकका पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । अर्थमन्त्री संयोजक रहेको छनौट समितिले अधिकारी, निवर्तमान सिइओ राधेश पन्त र सरोज कोइरालालाई नियुक्त गर्न सिफारिस गरेको थियो ।

मन्त्रिपरिषदको बिहीबारको बैठकले मुलुकमा वैदेशिक लगानी भित्र्याउन खोलिएको लगानी बोर्डको सीईओमा सिफारिस भएका तीन जनामध्येबाट अधिकारीलाई नियुक्त गरेको हो ।

दुई जनाको नागरिकता खारेज
मन्त्रिपरिषद्ले झुटो विवरण पेस गरी नागरिकता लिएका आशिष चटर्जी र मोहन पाण्डेको नागरिकता खारेज गर्ने निर्णय गरेको छ । चटर्जीले बाँके र पाण्डेले पर्साबाट नागरिकता लिएका थिए । झुटो विवरण पेस गर्नेलाई नागरिकता दिने अधिकारीलाई पनि छानविन गरी कारबाही गर्ने बैठकले निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया