Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र कार्यवहाक प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवबीच स्थानीय निर्वाचनको विषयमा छलफल भएको छ ।

उक्त अवसरमा कावा प्रमुख निर्वाचन आयुक्त डा यादवले स्थानीय निर्वाचनका लागि आयोगको तयारीका बारेमा प्रधानमन्त्रीलाई अवगत गराउनुभएको आयोगका सहसचिव वीरबहादुर राईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रमुख निर्वाचन आयुक्त यादवले स्थानीय निर्वाचनसम्बन्धी कानुन निर्माण गर्नुपर्ने एवम् प्राविधिक विषय प्रधानमन्त्रीसमक्ष राख्नुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले स्थानीय निर्वाचनको तयारीका लागि आयोगलाई सरकारले सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । छलफलमा निर्वाचन आयुक्त इला शर्मा र आयोगका सचिव शारदाप्रसाद त्रिताल पनि सहभागी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया