Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – नेपाल वायुसेवा निगमले बुधवार काबुल विमानस्थलमा पाँच घण्टा कुरेर अफगानिस्तानमा कार्यरत २४ जना नेपाली र मृतक १२ जनालाई काठमाडौँ ल्याएको छ । १२ जना नेपालीको आतङ्कवादी संगठन तालिबानले हत्या गरेपछि काबुलका सबै नेपाली आतंकित देखिएका थिए ।

नेपाल वायुसेवा निगमको जहाज लिएर बुधवार बिहान तीन बजेर ३७ मिनेटमा काबुल उडेको एक सय ५६ सिट क्षमताको एयरबस काबुलको स्थानीय समयअनुसार बिहान पाँच बजेर ३५ मिनेटमा अवतरण गरेको थियो । क्याप्टेन श्रवण रिजाल र उनका दाजु क्याप्टेन सुवास रिजालले उडाएर गएको यो जहाजले काबुल विमानस्थलमा नेपालीलाई पर्खेरै ल्यायो । क्याप्टेन भएकाले विमास्थलबाट बाहिर जान हामी पाएनौ । हामी दाजुभाइ नै क्याप्टेन जहाज उडाएर गएका थियौँ, उँहाहरुले भन्नुभयो । १२ जना नेपालीको शव तुरुन्तै आइपुगेको थियो । तर अन्य २४ जना नेपालीलाई भने विमानस्थलमा हुने प्रक्रियाका कारण पर्खनुपरेको आजको अन्नपूर्ण दैनिकमा खबर छ । १२ जनाको ज्यान गएको कम्पनीमा कार्यरत एक सय ५० सबै आजै आउन चाहेका भए पनि सबैलाई ल्याउन सकिएन ।

सबै नेपालीको प्रक्रिया मिलाउन नै नसकेका कारण २४ जनाको भने बल्लतल्ल प्रक्रिया मिलाएर ल्याउन सकिएको हो । हामीले फर्केर आएका नेपालीसँग कुराकानी गर्न भने पाएनौं । परराष्ट्र मन्त्रालयबाट गएका दक्षिण एसिया हेर्ने उपसचिव प्रकाश सुवेदीले अफगानी मन्त्रीसँग भेट गरेको जानकारी हामीले पायौं । उहाँसँग पनि हाम्रो कुराकानी हुन पाएन । हाम्रो जहाजमा कतिजना नेपाली फर्केर आउँछन् भन्ने टुंगो नभएका कारण क्याबिन क्रुमा ६ जना (एक सेट) गएका थिए । एक सय ५० जना नै भए भने उनीहरूको सेवाका लागि सबै क्याबिन क्रु हुनुपर्ने भएकाले ६ जना नै गएका हुन् । क्याबिन क्रुमा शाकिला पाण्डे, सुमिली सुब्बा, मञ्जु ढकाल, पारु राईसहित थिए ।

उनीहरूसँग भने नेपालीले निकै खुसीका साथ कुराकानी गरेका थिए । काबुल वायुसेवा निगमले नेपाली लिन जाने निगमको निर्णयलाई साह्रै खुसी र राष्ट्रको छविसँग तुलना गरेर खुसी व्यक्त गरेको क्याबिन क्रुले बताउनुभयो । काठमाडौँबाट जाँदा तीन घण्टा २० मिनेट लागेको भए पनि फर्कँदा दुई घण्टा ५० मिनेटमै आइपुगेका थियौँ । एयर स्पेसका कारण काबुल जाँदा भन्दा फर्कँदा ३० मिनेट छिटो भएको थियो । निगमको जहाज काबुलबाट १० बजेर ४० मिनेटमा उडेको थियो भने काठमाडौँ २ बजेर ४५ मिनेटमा अवतरण गरेको भएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया