Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौँ – अत्यावश्यक सेवा भन्ने वित्तिकै जस्तो सुकै अवस्थामा पनि सञ्चालन गरिने सेवा हो । तर नेपालमा भने अत्यावश्यकीय सेवा नै सवैको निशानामा हुने गरेको छ । अत्यावश्यक सेवा दिने भनेर व्यवसाय गर्नेहरू आफ्ना सीमित स्वार्थका लागि अराजक छन्, तर सरकार लाचार छ ।

नक्कली डाक्टर पक्राउको विरोधमा अस्पताल ठप्प

नक्कली प्रमाणपत्रधारी ५३ डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये कतिपय आइएस्सीमै फेल भएका र एमबिबिएसको परीक्षासमेत अरूलाई दिन लगाएका छन् । करिब दुई हजार डाक्टरसँग नक्कली शैक्षिक प्रमाणपत्र रहेको आशंकामा अनुसन्धान जारी छ ।

नक्कली डाक्टर पक्राउको चौतर्फी प्रशंसा भइरहेको छ । तर, नेपाल चिकित्सक संघ नै नक्कली डाक्टर पक्राउको विरोधमा उत्रिएको छ । वीरगन्जमा त स्वास्थ्य संस्था नै ठप्प पारेर चिकित्सक र स्वास्थ्यकर्मीले सर्वसाधारणको ज्यानसँग पनि खेलवाड गरे । उनीहरूले आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै सोमबार इमर्जेन्सी सेवा समेत बन्द गरे ।

ग्यास उद्योगी हडतालमा

७ जेठमा एचपी ग्यासको सिलिन्डर पड्किएर पाटनमा तीन सर्वसाधारणको ज्यान गयो । त्यस्तै ३२ जेठमा सुगम ग्यासको सिलिन्डर पड्किादा कालिमाटीमा एकको मृत्यु भयो । उद्योगीले पीडितलाई क्षतिपूर्ति दिएका छैनन् । यहीबीचमा सरकारले एचपीले ग्यास आपूर्ति गर्ने अनुमति (पिडिओ) रोक्ने निर्णय गर्‍यो । तर, कारबाही फिर्ता हुनुपर्ने माग गर्दै ग्यास उद्योगी संघले भारतबाट ग्यास ल्याउने अनुमतिपत्र लिन छाडेको छ । कमिसन बढाउन माग गर्दै उनीहरूले ०६९ र ०७० को दसौ अगाडि पनि आपूर्ति ठप्प पारेका थिए ।

यातायात ठप्प

सवारी नियम उल्लंघन गर्नेलाई विदेशमा बर्षौ जेल पठाउनेसम्मको प्रावधान छ । तर, नेपालमा एक हजारभन्दा बढी जरिवानाको प्रावधान छैन । कमजोर सजायकै कारण सडकमा अराजकता बढेको र दुर्घटना पनि बढाएको भन्दै सरकारले गत असोजमा ऐन संशोधन गरी न्यूनतम जरिवाना पाँच सय बनायो । प्रहरीले १ जेठदेखि उक्त नियम लागू गर्‍यो । तर, नयाँ नियमविरुद्ध यातायात व्यवसायी र मजदुरले गत १५ जेठमा देशव्यापी चक्काजाम गरे । सवारीसाधनलाई विश्वकर्मा मानेर पूजा गर्ने उनीहरूले त्यो दिन सडकमा गुडेका गाडी तोडफोडसमेत गरे । धेरै भाडा लिएकोमा ट्राफिक प्रहरीले कारबाही गर्दा ट्याक्सी चालकहरूले पनि वेलावेलामा हडताल गर्दै आएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

मेनपावर ठप्प

वैदेशिक रोजगारको क्षेत्रमा ठगी र मानव तस्करी बढेपछि प्रहरीले अनुसन्धान अघि बढायो । धेरै उजुरी आएका १३ मेनपावरका सञ्चालकलाई पक्राउ गरी प्रहरीले ठगी मुद्दामा कारबाही सुरु गरेको थियो । प्रहरीले अनुसन्धान गर्न मिल्ने भन्दै अदालतले समेत अभियुक्तसँग जरिवाना माग्यो । तर, ठगी र मानव तस्करीविरुद्धको प्रहरीको कारबाही मेनपावर व्यवसायीलाई मान्य भएन । उनीहरूले लामो समयसम्म मेनपावर नै बन्द गरे ।

जसले गर्दा ऋण खोजेर विदेश जान ठिक्क परेका लाखौँ युवा अलपत्र परे । त्यति मात्र होइन, फ्री भिसा र फ्री टिकटको प्रावधान लागू नगर्नसमेत उनीहरू मेनपवार बन्द गरेर आन्दोलनमा उत्रिए । मिसावट गर्नेलाई कारबाही गर्दा सुन व्यवसायी आन्दोलनमा उत्रिए । मूल्यवान् गहनामा मिसावट र तौलमा ठगी गरेको आरोपमा तीन वर्षअघि वाणिज्य विभाग र प्रहरीले केही सुन पसलेलाई पक्राउ गरी कारबाही गर्‍यो ।

तर, सुन व्यवसायीहरू त्यसको विरोधमा उत्रिए । सुनपसलेले देशभरिका पसल बन्द गरेर आन्दोलन गरे । व्यवसायीको दबाबमा सरकारले सुन व्यवसायीमाथि अनुगमन र कारबाहीलाई निरन्तरता दिन सकेन ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया