Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौँ – आगामी साउनदेखि सरकारले किसानलाई महँगो खालको स्मार्ट मोबाइल फोन सेट र सिम निः शुल्क उपलब्ध गराउने भएको छ । यसका लागि तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

किसानलाई प्रविधि मैत्री बनाउन गत चैतदेखि नै मोबाइल र सिम वितरणको योजना बनाइएको भए पनि प्रक्रियागत ढिलाइका कारण साउनदेखि मात्र कार्यान्वयनमा आउनेछ । सरकारले यस्तो मोबाइल र सिमकार्डको सहयोगमा खाद्यान्य, तरकारी , तेलहन, दलहन, मल तथा विषादी, मौसमको अवस्था, खेती, प्रविधि, बजारको अवस्था लगायतका सुविधा किसानलार्य निःशुल्क उपलब्ध गराउने तयारी थालेको हो ।

यति मात्रै नभई विश्व बैंकको सहकार्यमा कार्यान्वयनमा आएको जलबायु प्रकोप समउत्थान आयोजनाअन्तर्गतको कृषिव्यवस्थापन सूचना प्रणालीले विकास गरेको कृषि एप्स पनि मोबाइलमार्फत किसानलाई उपहार दिन लागिएको हो । किसानलाई सिम र मोबाइल निःशुल्क वितरण गर्न नेपाल टेलिकमसँग द्विपक्षीय सम्झौता भएर अहिले सुम उत्पादन गर्ने काम भइरहको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो सुविधा तीन चरणमा विस्तार गर्ने कार्यक्रम रहेको छ । पहिलो चरणमा धनकुटा, सुनसरी, सिरहा, काभ्रे, बारा, रुपन्देही, बाँके र जुक्लाका किसानलाई यो सुविधा र्पुयाइनेछ भने दोस्रो चरणमा संखुवासभा, झापा, मोरङ, सप्तरी, महोत्तरी, चितवन, सुर्खेत, डोटी, रुकुम, कैलाली लगायतका जिल्लामा वितरण गर्ने कार्यक्रम रहेको छ ।

एउटा जिल्लामा ५० वटा मोबाइल सेट किसानको समूहलाई वितरण गरिनेछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया