काठमाडौँ – अगानिस्तानमा सोमबार भएको आतंककारी हमलामा निधन भएका नेपालीको शव र घाईतेहरु लिन नेपाल सरकारले जहाज पठाउने भएको छ ।
शव लिन र घाईतेहरुलाई स्वदेश ल्याउनका लागि जहाज पठाउन लागिएको उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले बताउनुभयो । जहाज पठाउने निर्णय भइसकेको भन्द त्यसको आवश्यक तयारी भइरहेको बताइएको छ ।
हिजो अफगानिस्तानमा नेपाली सवार बसमा हमला हुदाँ १४ जनाको मृत्यु भएको थियो जसमा १२ जना नेपाली नागरिक थिए । उक्त घटनामा ८ जना घाइते भएका थिए ।