काठमाडौँ – अफगानिस्तानमा भएको आत्मघाती आक्रमणप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुभएको छ ।
१४ जना नेपालीको ज्यान जाने गरी भएको आक्रमणप्रति आफ्नो ट्वीटर एकाउण्ट मार्फत् नेपाल र अफगानिस्तान सरकार तथा मृतक परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको हो ।
उक्त घटनामा १४ नेपालीको ज्यान गुमाउनुका साथै केहि नेपाली र अफगानिस्तानका नागरिक घाइते भएका छन् ।