Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

नवलपरासी – तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) को प्रथम राष्ट्रिय महाधिवेशन नवलपरासीमा आजदेखि सुरु हुँदैछ ।

बिहान ११ बजेबाट सुुरु हुने भनिएकोे उद्घाटन सत्रमा भाग लिन विभिन्न देशबाट राजनीतिक दलका नेता, युरोपियन युनियनका केही देशका प्रतिनिधि र कूटनीतिक नियोगका पाहुन आउने कार्यक्रम रहेको तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीले बताउनुभयो । महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्न प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासमेत आउने कार्यक्रम पक्का भएको तमलोपाले जनाएको छ ।

यसबाहेक अन्य दलका शीर्ष नेतालाई पनि पत्राचार गरिएको छ । बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म उद्घाटन सत्र चल्ने छ । महाधिवेशनको उद्घाटन सत्र जिल्लाको सदरमुकाम परासीस्थित आर्दश उच्च माविको प्राङ्गणमा हुनेछ भने बन्द सत्र पनि सोही स्थानमा हुने पार्टीले जनाएको छ । तमलोपाको महाधिवेशन नजिकिँदै जाँदा जिल्लामा शान्ति सुरक्षासमेत कडा बनाइएको छ । महाधिवेशनमा देशभरिबाट एक हजार ५०० प्रतिनिधि र परिवेक्षक आउने छन् ।

यस पटकको पार्टीको निर्वाचन अन्तर्गत पार्टीको सबै पदाधिकारी प्रत्यक्ष निर्वाचन पद्धतिबाट हुने पार्टी स्रोत जनाएको छ । विशेष गरी संविधान जारी भएपछि तराईमा देखिएको केही असन्तुष्टिको स्वर बाहिर आइरहँदा तमलोपाको यस महाधिवेशनलाई विशेष चासोको रूपमा हेरिएको छ ।

आजबाट सुरु हुने महाधिवेशन असार ८ मा नयाँ नेतृत्व चयन गर्दै सकिने छ ।

तपाईको प्रतिक्रिया