Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – एसएलसी परीक्षामा डी र ई ग्रेड ल्याउने विद्यार्थीलाई लक्षित गरेर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले १८ महिने प्राविधिक शिक्षा पढाउने भएको छ ।

एसएलसीको नतिजाअनुसार सामान्य धारका पढाइमा भर्ना हुन नसक्ने र भर्ना हुन नसक्ने क्षमता भएका भए पनि प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीले यो कोर्स पढ्न पाउने बताइएको छ । उच्च माध्यामिक शिक्षा परिषदले आफू अन्तर्गतका उच्च माविका भर्ना हुन ग्रेड प्वाइन्ट एभरेज जीपीए अन्तर्गत न्यूनतम १ दशमलव ६ ल्याउनुपर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

१ दशमलव ६ ग्रेडअन्तर्गत सामान्य बुझाइमा ३० देखि ४० अंकसम्म ल्याउने विद्यार्थी पर्दछन् । सीटीईभीटीका सदस्यसचिव डा. रामहरि लामिछानेका अनुसार यस कोर्स अन्तर्गत ३३ वटा विषयको पढाइ सञ्चालन गर्ने निर्णय गरिएको आजको अन्नपूर्ण पोस्टमा खबर छ । उँहाका अनुसार ती विषयको पाठ्यक्रम तयार गरिसकेको छ।

तपाईको प्रतिक्रिया