Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

काठमाडौं – ‘सुशीलको नेतृत्वमा बनायौं संविधानः समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपाली कांग्रेसको १३ औं महाधिवेशन आजबाट काठमाडौँमा सुरु हुादैछ । पार्टीका कार्यबाहक सभापति रामचन्द्र पौडेलले बिहीबार खुल्लामञ्चमा आयोजित विशेष समारोहका बीच दिउसो १ बजे महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
तीन दिन सम्म सञ्चालन हुने महाधिवेशनमा भाग लिने सबै निर्वाचन क्षेत्र, भातृसंस्था तथा विदेशस्थित जनसम्पर्क समितिहरुबाट ३ हजार १ सय ७२ जना महाधिवेशन प्रतिनिधिहरु राजधानी आइसकेका छन् ।
कांग्रेसको १३औं महाधिवेशनमा अन्य विषय भन्दा नेतृत्वको चर्चा बढी चलेको छ । कांग्रेस हाक्नका लागि सभापतिमा संस्थापनबाट दूई जनाले सभापतिको उम्मेदवारी दिएका छन् । कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्ण सिटौलाले उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यस्तै सुजाता कोइरालाले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेपनि कार्यबहाक सभापति पौडेललाई समर्थन गर्दै उमेद्वारी फिर्ता लिने बुझिएको छ ।
अर्का उम्मेदवार शेरबहादुर देउवाले भने आफ्नो टिमको घोषणा आज पत्रकार सम्मेलन मार्फत गर्नुहुने छ । त्यसपछि खुल्लामञ्चमा स्वदेशी तथा विदेशी पाहुनाका बीचमा महाधिवेशनको उद्घाटन हुने छ ।

तपाईको प्रतिक्रिया