Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

काठमाडौं – नेपाली काँग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाले आज टिम सहित उमेद्वारी घोषणा गर्ने कार्यक्रम रहेको छ । नेता देउवाले आफ्नो उमेद्वारी घोषणा पार्टी कार्यालयमा विहान ११ वजे गर्न बताइएको छ ।
उमेद्वारी घोषणा कार्यक्रममा समुहको तर्फबाट महामन्त्रीमा अर्जुन नरसिंह केसी र कोषाध्यक्ष चित्रलेखा यादवको उमेद्वारी पनि घोषणा गर्ने बताइएको छ ।
बुधवार दुईवटा समुहको उमेद्वारी घोषणा भएको छ। काँग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले पार्टी सभापतिमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । पौडेलको समूहबाट महामन्त्री सशांक कोइराला हुनुहुन्छ ।
बुधवार नै कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले १३औं महाधिवेशनका लागि समूहसहित सभापतिको उम्म्द्वारी घोषणा गर्नुभयो । काठमाडौंको बतिसपुतलीस्थित अनुपम फुडल्याण्डमा पत्रकार सम्मेलन गरी सिटौलाले उम्मेद्वारी घोषणा गरेका हुन्। सिटौलाको समूहमा महामन्त्रीमा गगन थापा र कोषाध्यक्ष उमाकान्त चौधरी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया