Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

काठमाडौँ- नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीभित्र देखिएका गुट–उपगुट अन्त्य गर्न सक्षम नेतृत्वको खाँचो औँल्याउनुभएको छ ।

युवा नेता नैनसिंह महतद्वारा सम्पादित कृति ‘अबको काँग्रेस’ को आज काठमाडौँमा विमोचन गर्दै वरिष्ठ नेता देउवाले पार्टीभित्र देखिएका गुट–उपगुट अन्त्य गर्न पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहने स्पष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो – “शोषित, पीडित, दलित, महिला, मधेसी र अन्य उत्पीडित समुदायको सहभागितासहित पार्टीलाई समावेशी बनाइनु पर्छ । त्यस अर्थमा पनि काँग्रेसमा सबैलाई न्याय दिने नेतृत्व चाहिन्छ ।”

काँग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधि, केन्द्रीय सदस्यद्वय डा प्रकाशशरण महत र चन्द्र भण्डारीले लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन पार्टी नेतृत्व अब वरिष्ठ नेता देउवालाई दिनुपर्ने धारणा प्रकट गर्नुभएको थियो । विचार र विश्लेषणमा आधारित ‘अबको काँग्रेस’ मा विभिन्न लेखकका ३२ लेख समावेश छन् ।

तपाईको प्रतिक्रिया