Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

काठमाडौं– नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले शशांक कोइरालालाई महामन्त्रीका रुपमा प्रस्तुत गर्दै आफ्नो प्यानल घोषणा गर्नुभएको छ ।

पार्टीको महाधिवेशन बिहीबारदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनको अघिल्लो दिन कांग्रेसको संस्थापन पक्षबाट सभापतिमा तीन र महामन्त्रीमा दुई जनाको उम्मेदवारी परिसकेको छ । पार्टीका कार्यवाहक सभापति रामचन्द्र पौडेलको प्यानलमा कोषाध्यक्ष भने अझै कसैलाई तोकिएको छैन । पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वर्तमान महामन्त्री प्रकाशमान सिंहले पौडेललाई सभापति र कोइरालालाई महामन्त्री उम्मेदवारका रुपमा प्रस्ताव गर्नुभएको थियो । यो प्रस्तावको नेता रामशरण महतले समर्थन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया