Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

काठमाडौँ– नेपाली काँग्रेसको १३औँ महाधिवेशनको उद्घाटनसत्रमा भाग लिन विदेशी पाहुनाहरु काठमाडौं आउने क्रम जारी रहेको छ । यस क्रममा भारत विहारका मुख्यमन्त्री नीतिश कुमार र बङ्गलादेशका सूचनामन्त्री हसनुल हक इनु बुधबार काठमाडौं आइपुग्नुभयो ।

उहाँहरुलाई नेपाली काग्रेसका विदेश विभागका सदस्यहरु मनमोहन भट्टराई, डा दिनेश भट्टराई, डा सुरेश चालिसे र राकेश हमालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

महाधिवेशनमा भाग लिन सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयला बुधबार साँझ आउनुहुने कार्यक्रम रहेको छ । काँग्रेसको महाधिवेशन बिहीबारदेखि काठमाडौँमा सुरु हुँदैछ ।

तपाईको प्रतिक्रिया