Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

काठमाण्डु, १९ फागुन– नेपाली कांग्रेसको १३ औ महाधिवेशनका लागि संस्थापन पक्षबाट दुई प्यानल बुधबार घोषणा भएको छ । सबैभन्दा पहिले नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले आफ्नो दाबीसहित उम्मेदवारी घोषणा गर्नुभएको छ । आफ्नै निवास मण्डिखाटारमा पत्रकार सम्मेलन गरेर नेतृ कोइरालाले सभापतिमा उठ्ने उल्लेख गर्नुभयो । तर उहाँले आफ्नो प्यानलमा रहेका अन्य व्यक्तिबारे कुनै जानकारी दिनु भएको छैन । उहाँले आफ्नो उम्मेदवारी घोषणा गर्दै भन्नुभयो, ‘मेरो प्यानलमा को को छन्, विजयी भएपछि थाहा हुनेछ । ’
संस्थापनबाट असन्तुष्ट भएका कांग्रेस महामन्त्री कृष्ण सिटौलाले पनि बत्तिसपुतलीस्थित अनुपम फुड ल्यान्डमा आयोजित उम्मेदवारी घोषणा सभामा सभापतिमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको छ । सिटौलाले महामन्त्रीका रुपमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीलाई अघि सार्नुभएको छ । कांग्रेसमा पदाधिकारीमा तीन पदमा निर्वाचन हुने व्यवस्था छ ।
बुधबार नै पार्टी कार्यालय सानेपाबाट रामचन्द्र पौडेलले पनि आफ्नो प्यानल सार्वजनिक गर्दै हुनुहुन्छ । पौडेलको प्यालनमा विपीपुत्र शशांक कोइरालालाई महामन्त्री बनाउने चर्चा छ ।
कांग्रेसको देउवा गुटले संस्थापनको उम्मेदवारी हेरेर असन्तुष्टहरुलाई पनि समेटेर आफ्नो प्यानल तयार पार्ने रणनीति बनाएको छ । देउवा समूहले बिहीबार आफ्नो उम्मेदवारी दिँदैछ । कांग्रेसको महाधिवेशन बिहीबारदेखि सुरु हुदैछ । महाधिवेशनमा ३ हजार १ सय ८० प्रतिनिधिले भाग लिँदैछन् ।

तपाईको प्रतिक्रिया