Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

संसारका सबैभन्दा बढी उम्मेरसम्म बाँच्ने जापानी नागरिक मिसाओ ओकावाले आफ्नो निधन हुनु केही समय अघि भनेका थिए– “खुलेर हाँस्नु पनि औषधि हो, जसले गर्दा मानिसको आयु बढाउने गर्दछ । हाँसोले शारीरिक पीडा र मानसिक तनावलाई कम गर्दछ । यसले मानिसको शरीरमा रोग प्रतिरोधी क्षमता बढाउँछ ।” उनको अप्रिल १ मा निधन भएको थियो ।
“सबै मानिस धेरै वर्षसम्म बाँच्नु छ भने ८ घण्टा मात्र सुत्नु पर्दछ । सधै एउटै समयमा खाना खानु पर्दछ । सन्तुलित भोजन हाम्रो स्वास्थ्यको लागि अति आवश्यक पर्छ । अन्यथा मानिसको आयु काम हुन सक्छ ।” ओकावाको निधन हुँदा विश्वको ध्यान जापानतिर केन्द्रित भएको थियो । किन भने संसारकै सबैभन्दा बढी वर्षसम्म बाँच्ने नागरिक जापानका छन् । आखिर जापानीहरु किन धेरै वर्षसम्म बाँच्ने गर्दछन् ? अहिले एक चर्चाको विषय बनेको छ ।
जापानले हरेक वर्षको सेप्टेम्बर १५लाई ज्येष्ठ नागरिक दिवशको रुपमा मनाउदै आएको छ । जापान सरकारले १ सय वर्ष पुगेका नागरिकलाई प्रमाणपत्र सहित सम्मान गर्ने गर्दछ । प्रत्येक ज्येष्ठ नागरिकलाई ६५ अमेरिकी डलर बराबरको चाँदीको थाली उपहार दिने गरेको छ । यसैलाई निरन्तरता दिदैँ यो वर्ष पनि विभिन्न कार्यक्रम गरी ज्येष्ठ नागरिक दिवश मनायो । अहिले जापानमा १ सय वर्ष उमेर नाघेका जापानी नागरिकको संख्या ६० हजार पुगेकोे सार्वजनिक भएको छ । विश्वभर स्वदेशी तथा विदेशी सञ्चार माध्यममा जापानका ज्येष्ठ नागरिकहरुको चर्चा परिचर्चा हुने गरिएको छ । जापान सरकारले ज्येष्ठ नागरिकको स्याहार÷सुसारका लागि आवश्यक सामाजिक सुरक्षाका क्षेत्रमा ठूलो धनराशी खर्च गर्ने गर्दछ । ६० हजार भन्दा माथि १ सय वर्ष पुरा गरेका ज्येष्ठ नागरिक अहिले सम्मकै जापानमा यो नयाँ तथ्य हो । केही महिनापछि यो उम्मेरका जापानी नागरिकहरुको संख्यामा बृद्धिभई ६१ हजार ५ सय ६८ पुग्ने छ । जापानको समाजकल्याण मन्त्रालयले सार्वजनिक गरेको जनसंख्यामा जापानी महिलाहरुको औषत आयु ८६ वर्ष र पुरुषहरुको औषत आयु ८० वर्ष रहेको छ । यो महिलाको औषत आयु संसारकै सबैभन्दा बढी हो । पछिल्लो तथ्य अनुसार विश्वकै ज्येष्ठ जापानी नागरिक यासुतारो कोइदा मार्च महिनादेखि १ सय ११ वर्ष पुरा गरि १ सय १२ वर्षमा प्रवेश गर्नु भएको छ । पछिल्लो समयमा आएर जापानमा पुरुष भन्दा महिलाको आयु अनपेक्षित रुपमा बढिरहेको सम्बन्धीत स्रोतले बताईरहेका छन् ।
विश्वको अन्य देशहरुका नागरिक भन्दा जापानी नागरिक स्वास्थ्यको धेरै ख्याल गर्छन् । त्यसको लागि सर्वप्रथम वातारणीय सरसफाईमा बढी ध्यान दिने गर्दछन् । स्वस्च्छ श्वास प्रश्वासको लागि विरुवाको संरक्षणमा एकजुट हुने गर्छन् । धुमपान, मद्यपान वा कुलत क्रियाकलाप जापानी नागरिकहरुको लागि प्राथमिकता हुँदैन । गेडागुडी पर्याप्त मात्रामा खाने गर्दछन् । पोषण सहितको सन्तुलित खाना ठीक सयममा खाने गर्दछन् । स्वस्थ सन्तुलित खानपानले गर्दा जापानका नागरिकहरुलाई अन्य देशका नागरिक भन्दा मुटु सम्बन्धी रोग कम लाग्ने गर्छ ।
विरामी हुँदा एलोप्याथिक औषधिमात्र प्रयोग नगरि आयुर्वेदिक जुडिबुटीको औषधि धेरैले प्रयोग गर्ने गर्छन् । खानामा मासु भन्दा बढी हरियो सागपात उनीहरुको विशेष रोजाईमा पर्ने गर्दछ । मासु खान मन लागेपछि जनावरको मासु नभई माछा बढी खाने गर्दछन् । खाना पनि पेटलाई अटसमटस हुने गरी नखाई अल्लि कम खाना खाने गर्दछन् । विहान उठिसकेपछि सबैजसो जापानी नागरिकहरु व्याम गर्नमा व्यस्त हुन्छन् । जस्तैः योगा, कराँते आदि गर्ने गर्दछन् । सरकारी जागिरबाट अवकास हुनको लागि कुनै पनि समयसीमा तोकिएको छैन । ६०/७० वर्ष पुगिसक्दा पनि जागिरमा खटिरहेका हुन्छन् । मोटो पनलाई घटाउनमा विहान नियमित दौडने गर्छन् । कुनै पनि काम गर्दा एक्लै आफूमात्र नभई सामुहिक रुपमा गर्ने गर्दछन् । दुःखमा पनि हाँसो खुसीको साथ सबै मिलिजुलि काम गर्ने गर्दछन् । त्यसले गर्दा जापानीहरु स्वस्थ्य भई धेरै बर्ष वषौँसम्म बाँच्ने गरेको विभिन्न अध्ययन र अनुसन्धानबाट खुलेको छ ।
यी माथिका विभिन्न कारणहरुले गर्दा आज जापानका नागरिकहरु विश्वको सबैभन्दा बढी उम्मेरसम्म बाँच्ने विश्व रेकर्ड बनाउन सफल भएका छन् । आफ्नो देशमा विश्वका अन्य देशहरुभन्दा धेरै वर्षसम्म ज्येष्ठ नागरिक बाँचेको देख्न पाउँदा जापान सरकारले आफूलाई गौरवान्वित ठान्ने गरेको छ ।

तपाईको प्रतिक्रिया