Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

दुधे बच्चा छोडेर सात समुन्द्र तर्दा पनि
देखनौ आज मैले यति संगर्ष गर्दा पनि ।

ज्यानै खायो रोगले प्रवासको गुलामीमा
बुझ्ने मेरो कोहि छैन अश्रुधारा झर्दा पनि ।

एउटा दुख्दा अर्को रुन्छ भन्छन दम्पतीमा
सहानुभूति पाउदिन म यस्तो चोट पर्दा पनि ।

बाचुन्जेल दुख मात्रै लेख्या रैछ यो कर्ममा
रुन मलाई छोडेन खै कोसौं टाढा सर्दा पनि ।

जिम्बेवारी एक्लै बोके तिम्रो साथ् माया बिना
दोष अझै थोपर्दै जाउ पीडाले म मर्दा पनि ।।।


गैडाकोट–४  नवलपरासी
(हाल  इजरायल) 

तपाईको प्रतिक्रिया