Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

सिड्नी – युवा कथाकार डा. निर्मल ज्ञवालीको पहिलो कथासंग्रह “फ्रिडम टु डाई”को विमोचन गरिएको छ । आइतवार सिड्नीको दक्षिण रकडेलमा गैर आवसीयन नेपाली संघकी संरक्षक इन्द्रा वन र सिड्नीको नेपाली समुदायका जेष्ठ नागरिक डा. नारायण प्रधानले एक कार्यक्रम “फ्रिडम टु डाई”का बीच कथासंग्रहको विमोचन गर्नुभएको हो ।

freedom to die book launch photo 2नेपाली समुदायको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा सिड्नीमा सक्रिय सर्जक एवं कवि निस्प्रभ सजीले पुस्तकबारे समिक्षात्मक अन्तरक्रिया गर्नुभएको थिइो भने सजीका प्रश्नको जवाफ दिँदै कथाकार डा. ज्ञवालीले पुस्तक तयार हुनुको पृष्ठभुमी, संग्रहित कथाका विशेषताहरु र पाठकहरुबाट प्राप्त प्रतिक्रियाहरु सुनाएका थिए ।

कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्य समाज अस्ट्रेलिया च्याप्टरका अध्यक्ष महेन्द्र पौडेल, एन.आर.एन संरक्षक इन्द्रा वन र डा. नारायण प्रधान गायतले कथाकार डा. ज्ञवालीलाई बधाइ तथा शुभकामना दिनुभएको थियो । बुक हिलले प्रकाशन गरेको यो पुस्तकमा २३ वटा कथाहरु संग्रहित छन् ।

यसैगरी विश्वभरी रहेका नेपाली पाठक माझ नेपाली पुस्तक सहज र सुलभ तरिकाले पुर्याउने उद्देश्यका साथ नेपाली पुस्तकहरुको अनलाइन स्टोर Buynepalibook.com संचालनमा आएको छ । यही जुन २१ आइतवार सिड्नीमा एन आर एन संरक्षक इन्द्रा वन र डा नारायण प्रधानले संयुक्त रुपमा यो अनलाइनको सार्वजनिक गर्नुभएको थियो । अनलाइनका संचालक सदस्य ऋषि आचार्यकाअनुसार हाल सिड्नी र काठमाण्डौमा सम्पर्क कार्यालय रहेको यो अनलाइनले नेपाली भाषामा छापिएका पुस्तकहरुलको विश्वब्यापी रुपमा विक्री वितरण गर्नेछ ।

freedom to die book launch  photo 1आचार्यले भने, “नेपालमा कुनै पुस्तक बिमोचन भएकै दिन अनलाइन मार्फत विश्वभरी रहेका नेपाली पाठकहरुलाई पुस्तक उपलब्ध गाउने लक्ष्य रहेको छ।” साथै यसले निकट भविष्यमा नै छिटो र सजिलो रुपमा स्थानीय स्तरमा नै बुक उपलब्ध गराउनका लागि अमेरिका, जापान र क्यानडामा सम्पर्क कार्यालय संचालनमा ल्याउँदै छ ।

जापानको लागि हाल सम्पर्क व्यक्तिको रुपमा रहेक संजीव पोख्रेलले भने, “नेपाली साहित्यको बढ्दो बजार संगै जापानमा पनि नेपाली पुस्तकहरुको माग बढ्दै गएको मैले पाएको छु । यहाँका मानिसहरुको पुस्तकको रुचिलाई मध्य नजरमा राखेर हामीले आगामी साताबाट नै केहि चर्चित पुस्तकहरु टोकियोको स्टोरबाट डेलिभरी गर्ने व्यवस्था मिलाउँदै छौं ।”

बाइ नेपाली बुक अनलाइन स्टोरमा अहिले ५० वटा भन्दा बढी पुस्तकहरु उपलब्ध छन् । अस्ट्रेलियाको अजी आइटी ग्रुप कम्पनिले यो अनलाइन स्टोर तयार गरेको हो ।
अनलाइन स्टोरमा गएर आफुलाई चाहेको पुस्तक लिनलाई http://buynepalibook.com Log in गर्न सकिनेछ । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया