आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – तमु धीं जापानले हालै आयोजना गरेको नेपथ्य लाईभ कसर्टबाट भएको आम्दानी भूकम्प पीडित बालबालिकाहरुको शिक्षादिक्षामा खर्च गर्ने भएको छ ।

नेपालको ख्यातीप्राप्त साँगीतिक ब्याण्ड नेपथ्यलाई जापान बोलाएर गत मे ५ मा टोकियोमा आयोजना गरेको नेपथ्य लाइभ कन्सर्टबाट भएको आम्दानीबाट १५ लाख येन भूकम्पबाट पीडित तथा प्रभावित बालबालिकाहरुको शिक्षामा खर्च गरिने तमु धीं जापानका महासचिव अम्मर गुरुङले समुद्रपारिलाई बताउनुभयो । तमु धीं जापानले आफ़्नो २० औं वार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्रमलाई ऐतिहासिकरुपमा सफल पार्न सहयोग गर्ने प्रायोजक, मिडिया पार्टनर, दर्शक, शुभचिन्तक, कलाकार, पत्रकार, नेपाली तथा जापानी समुदायका सहयोगी सबैमा तमु धीं जापानको तर्फबाट अध्यक्ष भीम गुरुङले धन्यबाद ज्ञापन गर्नुभएको छ ।

महाभूकम्पबाट मर्माहत भई देश शोकमा डुबेको बेला नेपथ्यलाई जापान बोलाई कार्यक्रम सम्पन्न गर्न ठूलो चुनौती रहेता पनि सबैको सहयोग र समर्थनबाट ऐतिहासिकरुपले सफल बनाउन संभव भएको भन्दै सो कार्यक्रमका संयोजक ईश्वर गुरुङले उक्त कार्यक्रमबाट संकलित रकम भूकम्प पीडित बालबालिकाहरुको शिक्षामा खर्च गरिने निर्णय गरिएको बताउनुभयो । ***

तपाईको प्रतिक्रिया