आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

भूकम्प पीडितका नाममा उठाईएको रकम दूतावासमा बुझाउन अपिल

टोकियो – टोकियोस्थित नेपाली दूतावासले आज १ करोड ८० लाख येन प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा पठाएको जनाएको छ ।
दूतावासले आजको समेत गरी हालसम्म ६ करोड ७० लाख ३९ हजार ८ सय १ येन प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा पठाईसकेको बिज्ञप्तीमार्फत जनाएको हो ।

नेपालको बिपत्तिमा सघाउन राहत सहयोग हस्तान्तरण गर्नेहरुको दूतावासमा आज पनि दिनभर ब्यस्तता रहेको विज्ञप्तीमा जनाईएको छ ।

राहत हस्तान्तरण गर्नेहरुमा विभिन्न राजनैतिक पार्टी, सांसद, बिभिन्न प्रिफेक्चर तथा सिटीका स्थानीय सरकार, प्राज्ञिक, धार्मिक, साँस्कृतिक, खेलकूद तथा सामाजिक संघसंस्था लगायत नेपालका शुभचिन्तक ब्यक्तिहरु रहेका थिए ।
भूकम्प पीडितहरुका नाममा जापानमा विभिन्न संघसंस्था, ब्यक्ति तथा ब्यवसायिक फ़र्महरुद्वारा उठाईएको रकम यथाशिघ्र दूतावासमा आई बुझाउन र आधिकारिक भरपाई लिन दूतावासले विज्ञप्तीमार्फत पुनः अपिल गरेको छ । ***

तपाईको प्रतिक्रिया